नियम १७
दक्ष वा विशेषज्ञको मनोनयन
: (१) आयोगले यस नियमावली बमोजिम आफूले गर्नु पर्ने काममा सहयोग गर्नको लागि सम्बन्धित विषयका आवश्यक दक्ष वा विशेषज्ञ मनोनयन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम मनोनयन भएको दक्ष वा विशेषज्ञको पारिश्रमिक आयोगले तोके बमोजिम हुनेछ ।